काठमाडौं – भित्र छिर्दाबिट्टिकै भित्तामा झुण्डाइएका सुन्दर हिमालका मनमोहक दृश्यहरु देख्दा लाग्थ्यो त्यहाँ ती फोटा आगन्तुकहरुलाई स्वागत गर्नका लागि राखिएका हुन् ।
सूर्यास्तसम्ममा देखिने सुन्दरतालाई टपक्क टिपेर काठमाडौंमा लिएको जस्तो सुदूरपश्चिमको ुफाटो प्रदर्शनीु त्रिपुरेश्वर स्थित बल्र्ड ट्रेड सेन्टरमा विहीवार देखियो ।
जति हेर् यो उती मन प्रशन्न बनाउँने प्रदशनीमा राखिएका विभिन्न हिमालका फोटोपछि अर्को खण्डमा राखिएका पहाडी अनि तराई जनजीवनका रंगीन क्षणहरुका फोटोहरुले पनि उत्तिकै प्रशंसा पाइराखेका थिए ।
प्रशंसा गर्ने भिडमा सुदूरपश्चिमको तल्कोट बेदकाली गाउँमा जन्मेका गायक नन्दकृष्ण जोशी पनि थिए । आ७३टज्ञद्धद्धण्सनो अगाडिका फोटालाई उत्साहित हुँदै निहालीरहेका जोशीले भावविभोर हुदै भने – ुसधंै म देउडावाट आ७३टज्ञद्धद्धण्सनो जन्मभूमिको याद गरेको थिएँ तर आज यी फोटोहरुबाट सिधै गाउँ पुगेझै लाग्यो
शैपाल हिमालबाट बगेर आएको सेतीगँगा नदी र सुरमा सरोवरबाट कलकल बग्दै लाएको बाउलीगाड नदी चैनपुरमा भेट भएर कणार्ली बनाउन सँगै बगेको फोटोले काठमाडौंमा दिनको १६ घन्टा लोडसेडिङ्को मार खेपिराखेकालाई अविस्वाशीलो टाउको हल्लाउन बाध्य बनाएको थियो । नजिकै झुण्डाइएका बजाङ्गी राजा जयपृथ्वी बहादुर िसंहको दरबारले इतिहास सम्झाइराखेको थियो भने शैलेश्वरी बैधनाथ त्रिपुरा सुन्दरी खप्तड जस्ता विभिन्न मन्दिरहरुले सुदूरपश्चिमलाई धार्मिक स्थलको रुपमा परिचित गराएको देखिन्थ्यो ।
अर्को पट्टिको भित्तामा राखिएका उग्रतारा मन्दिरको गाँज खेत जोत्दै गरेका हलिया घर लिप्दै गरेकी बुढी आमा आ-आ७३टज्ञद्धद्धण्सना भेषभुषामा सजिएर मुसुक्क मुस्कुराएका युवती छलियादेखि पुतला मारुनी मङ्ग्रहवा सखिया नाँच नाचिराखेका तरवार र ढाल बोकेर खड्ग र चौलो नृत्यद्वारा युद्ध कला प्रदशन गरिराखेका जिवन्त तस्विरहरुले सुदूरपश्चिमको जीवनशैली झल्काइराखेको थियो । यता पट्टिको खण्डमा भने सर्पजस्तो घुमेको पहलमान िसंह राजमार्गको दृश्यसँगै खप्तड राष्ट्रिय निकुाज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाइने सुन्दर सुनगाभादेखि घाँसेमैदानमा खेलिराखेका मृगको बथान र आकाशगंगामा पखेटा फिजाएर रमाइराखेका गिद्धका फोटाले दर्शकलाई फर्कि फर्कि हेर्न बाध्य बनाएको थियो ।
ुयी फोटाबाट मलाई सुदूरपश्चिम पुगेझै लागेको छ । कति राम्रो रहेछ भविष्यमा म त्यहाँ अवश्य घुम्न जाने छुु फोटो प्रदशनीमा रमाइराखेकी काठमाडौंबासी सरीता श्रेष्ठले भनिन् । उत्सवमा उनले सुदूरपश्चिमेलीे सांस्कृतिक नृत्यहरु र खानाका विभिन्न परिकार चाखेपछिमात्र घरतिर लाग्ने बताइन् ।
महोत्सवको अवलोकन गर्न राजधानिको त्रिपुरेश्वर स्थित बल्र्ड ट्रेड सेन्टरमा पुगेका पूर्व प्रधानमन्त्री शेरवहादूर देउवाले विहिवार महोत्सवको उद्घाटन गरेका थिए । ुयी फोटा हेरेर मलाई थाहा भयो म जन्मेको ठाउँ कति सुन्दर छ । मैले कति ठाउँ त घुमेकै रहेन छु । अचम्म लागिराखेको छु उनले फोटो प्रदर्शनीमा राखिएका फोटा हेर्दै भने ।
ुयस्तो सुन्दर क्षेत्रलाई सरकारले आउँदो भिजिट नेपाल – २०११ को लागि विशेष प्रचार-प्रसार गर्नुपर्छु देउवाले जोड दिदै थपे ।
यस ुसुदुरपश्चिम ुफोटो प्रदर्शनीु एवं सास्कृतिक उत्सवु विहीवारदेखि आउदो आइतवारसम्म लाग्नेछ । उत्सवमा थारुको धमाली नाँचदेखि बैतडीको थलिया अछामको भुवा हुड्के जस्ता विभिन्न स्थानिय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिने र सुदुरपश्चिमका सबै किसिमका खानाका परिकार राखिने आयोजकले बताए ।
उत्सवका आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश राज भण्डारीले यस उत्सवले देशको विभिन्न भागमा सुदूरपश्चिमको प्रचार-प्रसार गर्नुका साथै यसका सम्भावनाका वारेमा उजागर गर्ने आशा व्यक्त गरे ।
प्रदर्शनीमा राखिएका फोटा पुस्तक र डीभीडिमा ५० प्रतिशत छुट दिइएको छ ।
Published by