SEMICOLON

मृत्यु
के रे ?
म नै तिमी कहाँ आउनु पर्ने ?
तिमी म कहाँ आउँन मिल्दैन ?
यहाँ जीवन छ ।
यहाँ राती आकाशमा ताराहरु चम्किन्छन् ।
हँ … म डरपोख रे ?
होइन ।
तिमीलाई झै उसले मलाई मन्त्रमुग्ध तुल्याउँछ ।
उसको रहस्यताले मलाई पनि लोभ्याउँछ ।
त्यसैले मलाई नाङ्गो तार छोऊँ–छोऊँ लाग्छ
छुरीले नसा रेटूँ– रेटूँ झै लाग्छ ।
एकपटक,
उसको पच्छौरीमा लुक्न छोजेकी थिएँ ।
आँखा चिम्लिसकेकी
हच्किएछु,
ब्युझिए ।
त्यहाँको चिसोपन मलाई मन परेन ।
अहँ … अस्वीकारेको होइन ।
अन्तिम घडीलाई म स्वीकार्छु ।
तर अहिले म तयार छैन,
मलाई हिउँदको रापिलो घाम अझै पुगेको छैन
आमाको काख अझै प्यारो लाग्छ
मलाई समुन्द्रका छाल हेर्नुछ ।
तिमीले त्यागेका हरेक पल जिउनु छ ।
अँ…हो ।
उसले मलाई अझै लोभ्याउँछ ।
कुनै समय नाङ्गा तार छुन नहिच्किचाएछु भने,
तिम्रो र मेरो भेट समयभन्दा पहिले हुनसक्छ ।।।
 September 13, 2015

Leave a Reply