काठमाडौं, लप्से भँगेरीकी सुनीला गुरुङ पुस्तकालयमा नयाँनयाँकिताब देखेर उत्साहित छिन् । कक्षा ६ मा अध्ययनरत उनले भनिन्, 'साथी मिलेर सबैभन्दापहिले 'बुद्धिमान बाँदर' पढ्ने योजना बनाएका छौं । अनि त्यसपछि 'अंग्रेजी बोलचालअभ्यास' भन्ने किताब पढ्नुपर्ला ।'
उनीमात्र होइन, गोरखाको कणर्ाली भनेर चिनिने श्रीनाथकोट गाविसको चन्द्रोदय निम्नमाध्यामिक विद्यालयमा पुस्तकालय पुगेपछि त्यहाँका करिब एक हजार विद्यार्थीले यस्तैयोजना बनाएका छन् । बालबालिकामात्र होइन पुस्तकालय स्थापना भएपछि शिक्षकहरू पनिहषिर्त छन् । 'पुस्तकालयमा बालबालिकालाई मात्र होइन हामीलाई पनि सहयोग गर्नेकिताबहरू भएकाले हामीलाई धेरै खुसी लागेको छ,' शिक्षक मानबहादुर गुरुङले भने ।
पुस्तकालय फोगलामनामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा आदिवासी मानवअधिकारसरोकार केन्द्रले स्थापना गरेको हो । आइतबार पुस्तकालयको उद्घाटन गर्न राष्ट्रगानकारचयिता व्याकुल माइलाश्रीनाथकोटको सिम्ले पुगेका थिए । हरेक कुनामा रहेकाबालबालिकाले राम्रो शिक्षा पाउन जरुरी रहेको बताउँदै राईले भने, 'यो पुस्तकालयलेबालबालिकालाई क्षमतावान नागरिक बन्न सहयोग गर्ने विश्वास छ ।'
अभिभावक समितिका सदस्य ताराबहादुर लामिछानेले समयको गतिसँगै अगाडि बढ्नपुस्तकालय जरुरी रहेको बताए । पूर्व इन्डियन आर्मीसमेत रहेका लामिछानेले भने, 'वृद्ध अवस्थामा भए पनि पुस्तक पढेर समय बिताउन पाइने भयो ।'
पुस्तकालयमा शैक्षिक सत्रका किताबबाहेक साहित्य, कृषि, विज्ञान, कानुन गरी तीनसय ३६ प्रकारका आठ सय किताब र विज्ञानसम्बन्धी उपकरण छ । बाहुन, क्षेत्री, गुरुङ, दलित र बराम जाति बसोवास गर्ने आर्थिक रूपले विपन्न यो क्षेत्रमा स्थापना भएको योपहिलो पुस्तकालय हो ।
आर्थिक अवस्था, साक्षरताको स्थिति र भौगोलिक दुर्गमता हेरेर फोेगलामले विभिन्नस्थानमा पुस्तकालय स्थापना गर्दै आएको छ । उक्त गैरसरकारी संस्थाले रुकुमकोझुम्लाबाङ र भोजपुरको वोयामा पुस्तकालय स्थापना गरिसकेको छ भने दोलखाको हिलेपानी रचिसापानीमा स्थापना गर्ने तयारीमा रहेको सरोकार केन्द्रका महासचिव राजु गुरुङलेबताए ।