अप्रिल फुल: रमाइलो झुक्याउनेको
स्मिता मगर
काठमाडौं, दस कक्षा पढ्दा जयराम शर्माले केटीबाट अचानक लभलेटर पाए । त्यसको जबाफ फर्काउँदा केटीले झपारेपछि मात्र उनलाई थाहा भयो- त्यो दिन अपि्रल फुल दिवस रहेछ ।
'मेरै साथीले पो लेखेको रहेछ,' लगभग एकदशक पहिलेको कुरा सम्झाउदै उनले भने तर पछि त्यही केटी उनको गर्लपफ्रेण्डभइन् । 'त्यसपछि त उल्टै उनीहरू पो फुल भए,' हाँस्दै उनले बताए ।
नयाँ बानेश्वरस्थित ब्लु ओसन सिस्टम्समा कार्यकारी लेखा अधिकृतका रूपमा कार्यरत जयराम अहिले अपि्रल फुल दिवसको दिन एकदमै होसियार भएर बस्छन् ।
यता स्नातक पढ्दै गरेका नवराज आचार्य पनि आफू बुद्धू बन्न नपरोस् भनेर दिनभर होसियार रहने बताए । बिहानै उठेर साथीलाई हल्काफुल्का ठट्टा गरेर बेबकुफ बनाउने दाउ पनि छ उनको ।
हुन त हरेक अपि्रल फुलको दिन मन चसक्क घोच्छ उनको । ख्यालठट्टा गर्न रुचाउने नवराजलाई दुई वर्ष पहिले हेटौंडामा बस्ने काकीलाई भ'mुक्याएको याद आइराख्छ । 'मैले काठमाडौंबाट बहिनीलाई हेर्न केटा र परिवार हेटौंडामा आउँदै गरेको सुनाएँ । उता त साँच्चिकै तयार गरेर बसेछन्,' उनले सम्झे, 'रातिसम्म कोही नआएपछि काकाले चिन्ता गर्दै फोन गरेर सोधेपछि 'अपि्रल फुल' भनेर फोन राखेँ । काकी मसँग लामो समय बोल्नु नै भएन ।'
आफूले स्कुलमा पढ्दा अपि्रल फुल मनाएको पनि अहिले छाडेको तर अरूले चाहिँ आफूलाई झुक्याएकामा दिक्दार भएका छन् गायक निमा रुम्बा ।
गत वर्ष एक अंग्रेजी दैनिकले उनी बलिउडका प्रख्यात अभिनेता आमिर खानसँग प्रोजेक्टमा काम गर्न लागेको छापेपछि भएको खैलाबैलाले उनलाई बधाई ओइरो लागेको थियो । 'त्यो ठट्टाले गर्दा मलाई कतिले त आमिरसँग भेट गराइदेऊसम्म भनेर फोन गरे ।'
निमाले सम्झे ।
निमाजस्तै अपि्रल फुलको निसानीमा पर्नेमा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष रामकुमारी झाँक्री पनि पर्छिन् । गत वर्ष उनलाई आफन्त पर्ने दाइले लन्डनबाट फोन गरेर आफू दुर्घटनामा परेर स्मरणशक्ति गुमेको र कसैलाई नचिन्ने बताएपछि रामकुमारी र पूरै परिवार चिन्तित भएका थिए रे । 'तीन महिनापछि थाहा भयो अपि्रल फुल मनाएको रहेछ भन्ने ।' उनले भनिन् ।
अस्पतालमा बिरामी भएर भर्ना भएको छु भनेर झुक्याउने र कहिलेकाहीं भेट्न बोलाएर कुर्नसम्म कुराउने गरेर साथीलाई हैरान पार्दै अपि्रल फुल मनाइएको पनि पाइन्छ । यो दिन मानसिक तनाव पाएका भुक्तभोगीहरू कसरी मनाउनुपर्छ भन्नेमा ध्यान दिन जरुरी भइसकेको बताउँछन् ।
'अब अपि्रल फुलको दिन त साँचो कुरा पनि झुटा लाग्छन्,' निमाले भने, 'राम्रै गम्भीर कुरा गरे पनि नाटक गरेको भनेर पत्याउँदैनन् ।' अलि स्वस्थकर रूपमा मनाउनुपर्ने उनले राय दिए । संवेदनशील कुरामा गम्भीर चोट पुर्याउने ठट्टा गनर्ु नहुने र साथीहरूबीच हल्का तरिकाले मजाक गनर्ुचाहिँ राम्रै हो भन्छन् उनी ।
अपि्रलको पहिलो दिन धेरैजसो पश्चिमा देशमा अरूलाई झुक्याएर यो दिवस मनाउने गरिन्छ । साथी, परिवार, छिमेकीलाई झुक्याएर, ख्यालठट्टा गरेर रमाइलो गर्ने यो दिवस बिस्तारै नेपालमा झ्यागिँदै गएको छ ।
चैत्र १९,२०६५
साभार: कान्तिपुर दैनिक
Posted on: 2009-03-31 19:38:21
----------------------------------------------