शिक्षा र शैली»

अन्योलमा बेलायत सपना

स्मिता मगर

काठमाडौ, माघ २१ - २०६६

सीता न्यौपानेको बेलायत सपना त्यतिखेर अन्योलमा पर्žयो
जतिबेला बेलायत सरकारले नेपाली विद्यार्थीका लागि भिसा बन्दको घोषणा गर्žयो । केसम्म भयो भने उनले आवेदन गरेको कलेजसमेत बेलायत सरकारको निलम्बनमा पर्žयो ।
 

'लामो पर्खाईपछि भिसा आउने समयमा मैले आवेदन भरेको कलेज सस्पेन्सनमा पर्žयो,' उनले दुःखी हुँदै कान्तिपुरसँग भनिन्, 'अब झन् भिसा आवेदनमै रोक लगाएपछि चिन्ता लागेको छ ।' निलम्बित हुनेमा १ सय ४० कलेज छन् भने १५ वटा बन्दै गरिए

सीताले आवेदन गरेको ह्यामरस्मिथ कलेज निलम्बनमा परेपछि कलेजलाई तिरेको एक लाख रुपैयाँभन्दा बढी रकमका साथै भिसा आवेदनका प्रमाणपत्र र कागजपत्रहरूसमेत फिर्ता पाउने/नपाउने अन्योलमा छ ।

'
यति धेरै रकम र समय खर्च भइसक्यो,' स्याङजाकी २२ वषर्ीया उनले भनिन्, 'यो समस्या कहिले हल हुने हो अनिश्चित छ । फेरि बाहिर पढ्न जानका लागि पर्खनबाहेक मसँग अर्को विकल्प पनि छैन ।
'

विदेशमा पढ्न माइन्ड मेकअप गरिसकेकी उनलाई आजकल 'मानसिक रूपमा त्यहाँ पढ्न पुगिसकेको तर शरीर यहीं रहेको' जस्तो लाग्ने गरेको बताउँछिन् । 'यसले गर्दा मलाई केही कुरामा पनि केन्दि्रत हुन दिएको छैन,' उनले भनिन् । त्यसैले, उनी यो समस्या छिटै समाधान होस् भनेर दिनदिनै प्रार्थना गर्ने गरेकी छन् ।


युके बोर्डर एजेन्सीले अचानक फेब्रुअरी १ तारिखदेखि नेपाल, उत्तर भारत र बंगलादेशमा विद्यार्थी भिसा आवेदनमा केही समय रोक लगाएपछि सीताजस्ता हजारौं विद्यार्थी अलपत्र परेका हुन् । यही अप्रत्याशित निर्णयले यो क्षेत्रका विद्यार्थीहरूको पढ्ने सपनामा अनिश्चितकालका लागि अन्योलता छाएको हो

यो क्षेत्रबाट गत वर्षको भन्दा दस गुणा विद्यार्थी आवेदन परेकाले अस्थायी रोक लगाइएको सम्बन्धित निकायले बताएका छन् । नेपालको शिक्षा मन्त्रालय विदेश अध्ययन विभागका अनुसार २४ हजार ८ सय २४ मध्ये ६ हजार ६ सय २७ बेलायत गएका थिए

विश्वलाई बुझ्दै पढाइ र करियर राम्रो बनाउन युकेमा पढ्ने सपना बुनेका बूढानीलकण्ठवासी नोर्बु लामा पनि यो निर्णयले आफूलाई स्तब्ध बनाएको बताए । 'मेरो पढाइ फेब्रुअरी १८ तारिखबाट सुरु हुन्छ तर अब समयमा कलेज पुग्छु कि पुग्दिन, थाहा छैन,' उनले भने । शंकरदेवमा पढदै बाहिर जानका लागि दुई वर्ष अगाडिदेखि तयारी गरेका नोर्बु अहिले दुविधामा छन् ।

'
मेरा प्रमणपत्रहरू नयाँ दिल्लीस्थित बि्रटिस हाई कमिसनमा पुगिसकेको इन्टरनेटबाट थाहा भएको छ । तर, पहिले झैं सुचारु रूपमा प्रोसेस भएन भने मेरो सेमेस्टरका लागि ढिलो हुनेछ,' उनी बताउँछन् ।

'
टियार फोरको पोइन्ट बेस्ड सिस्टम' बाट आवेदन भर्नेहरूको रोकिएकाले फेरि खोलिँदा केही नियमहरू बदलिनेछ । 'नियममा फेरबदल आएपछि धेरै समस्या पर्न सक्छ । अहिले पुगेको नयाँ नियममा केही मापदण्ड नपुगेपछि मेरो कलेजले मलाई नलिन सक्छ,' नोबर्ुको बुझाइ छ


विद्यार्थीको निवेदनमा धेरै गैरविद्यार्थी प्रवेश गरेकाले आइन्दा छानबिन गरेरमात्र भिसा दिइने सम्बन्धित अधिकारीले बताउँदै आएका छन् । 'केही नियम फरक र कडा हुने सम्भावना बढेको छ,' योङ एजुकेसन सेन्टरकी परामर्शदाता अन्जना श्रेष्ठले भनिन्, 'यसले गर्दा थुप्रै असली विद्यार्थीको समय र पढाइमा असर पर्ने देखिन्छ ।'

भिसाको आवेदनमा रोक लागेपछि प्रक्रियामा छिरिसकेका समेतलाई असर पार्नेछ । 'उनीहरूलाई भिसा पनि नदिने र अस्वीकार पनि नगरिदिने भएकाले झन् दुविधामा पारेको छ,' श्रेष्ठले थपिन् ।

 

यही अन्योलका बीच भिसा आवेदनमा अस्थायी रोक लगाइएबारे फेब्रुअरी २२ बाट समीक्षा गरिने बेलायती निकायले बताएको छ । यसले विद्यार्थीहरूलाई छिटै समस्या समाधान हुने र पहिलेझैं भिसा आवेदन सुचारु हुने आशा गरेका छन् ।

 

साभार: कान्तिपुर दैनिक

 

 

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map