जिन टेको सपना पूरा हुन कोरियाका लागि झैं आधा शताब्दी लाग्छ
काठमाडौ, २०६६ मंसिर २५ -सफल चलचित्र आफैंमा यस्तो क्षेत्र हो जसले कुनै पनि समाजको इतिहास र वर्तमानलाईभविष्यसँग जोडिरहेको हुन्छ । काठमाडौंमा जारी कोरियाली फिल्म फेस्टिभलमा प्रदर्शितफिल्मले कोरियाको हिजो, आज र भोलिको अनुहारलाई देखाइरहेका छन् ।
करिब ६०वर्ष पहिलेको कोरियाको झल्कोलाई सन् २००४ मा निर्मित 'टेग्युक्गी' (ब्रदरहुड अफवार) ले पर्दामा उतारेको छ । युद्धमा जबर्जस्ती होमिएका दुई भाइको कथाबाट कोरियायुद्धमा तुहिएका सपना अनि त्यो सपनालाई फेरि भेट्टाउन लागेको सिंगो आधा शताब्दीकोसमय चित्रण यो फिल्ममा छ ।
जिन सुक (वन बिन) को दाजु जिन टे (जाङ डोङ कुन) रउसको परिवारको एउटैमात्र साझा सपना छ । जिन सुकलाई विश्वविद्यालयमा पढाउनु छ । पैसाजम्मा गर्न जिन टे जुत्ता बनाउने पेसामा लागिपर्छ । तिनकी विधवा आमा बाटोमा सानोचाउमिन पसल चलाउँछिन् । आमालाई जिन टेकी मायालु युङ सिन (लि युन जु) ले सघाइरहेकीहुन्छे । तर गरिबीको चपेटामा गुजि्रएको यो परिवारको त्यो एकमात्र सपना पनि त्यसबेला तुहिन्छ, जब सन् १९५० मा उत्तर-दक्षिण कोरियाबीच भीषण युद्ध सुरु हुन्छ ।युद्ध लड्न जिन सुकलाई जबर्जस्ती सैन्य दस्ताले लगेपछि भाइलाई युद्धबाट बचाएर घरपठाउन जिन टे पनि सेनामा भर्ती हुन्छ ।
जिन टेसँग न सम्पत्ति हुन्छ न कुनैभनसुन गरिदिन सक्ने व्यक्तिसम्मको पहुँच । त्यही भएर उसले भाइलाई घर फर्काउन सक्दैन। तर युद्धमा उसले 'मेडल अफ अनर' जितेपछि उसको कमान्डरले जिन सुकलाई घर फर्काइदिनेवाचा गर्छ । अनि जिन टे खतरनाक मिसनहरूमा सामेल हुन्छ । ऊ कति ठाउँमा क्रुर पनिबन्छ । यसबाट जिन सुकलाई लाग्छ, जिन टेले यी सबै काम मेडलका लागि गरेको हो । उसकोयो 'भ्रम' युद्धको अन्त्यतिरमात्रै तोडिन्छ जब आफ्ना लागि दाजुले गरेको त्याग थाहापाउँछ ।
तर जिन टेको सपना पूरा हुन कोरियाका लागि झैं आधा शताब्दी लाग्छ ।यति धेरै वर्षपछि पनि युद्ध हुनुभन्दा पहिले जिन सुकलाई दाइले दिएको कलम सन् २००३तिर अस्थिपञ्जर खोतल्दा भेटिन्छ, काम नलाग्ने अवस्थामा । त्यो कलम झै दक्षिण रउत्तर कोरियाको युद्धले छाडेको घाउ अझै त्यतिकै बिध्वंसक र आलै छ जुन निको हुन निकैसमय लाग्नेछ ।
'टेग्युक्गी' ले आधुनिक दक्षिण कोरियाको इतिहाससँग नेपालीदर्शकलाई परिचित गराउँछ । त्यसका साथै अहिलेको विकसित उक्त देशले आधा शताब्दी पहिलेभोग्नुपरेको युद्धको मार र त्यसले अहिलेसम्म समाजमा पारेको असरलाई फिल्मले उतारेकोछ । सोमबार सुरु फेस्टिभलमा 'अल फर लभ,' 'फरेभर द मोमेन्ट' र 'स्पि्रङ, समर, फल, विन्टर... एन्ड स्पि्रङ' पनि देखाइए ।
'फरेभर... ' ले महिला ह्यान्डबलखेलबाट अहिलेको कोरियामा खेलप्रतिको चासो देखाएको छ । समर ओलम्पिक २००४ मा कोरियालीमहिला टिमले पाएको सफलतालाई काल्पनिक रूप दिएर बनाइएको यो फिल्ममा यसका लागि योटिमले गर्नुपरेको संघर्ष कथालाई उतारिएको छ । 'स्पि्रङ, समर...' मा भने वसन्त, गृष्म, शरद र शिशिर गरी चार ऋतुमा मानव जीवनको चक्र प्रस्तुत छ । जंगलको तालबीचरहेको गुम्बामा बस्ने एक भिक्षुको जीवनबाट यी चार ऋतुजस्तै जीवनका विभिन्न पाटादेखाइएको छ । यसमा कोरियाका प्राकृतिक सुन्दरता, संस्कृति र परम्परा कलात्मक ढंगमाउत्रेका छन् ।
रोमान्टिक कमेडी 'अल फर लभ' भर्खर प्रेममा परेका केही आधुनिकजोडीको प्रेम प्रसंग र तिनको जीवनकै सबैभन्दा रमाइला तथा खुसीका क्षण समेटेको फिल्महो । यी जोडीको एक साताका भिन्न-भिन्न कथावस्तुलाई एउटै डोरीमा राम्ररी बाँध्नसकेका निर्देशक मिन क्यु डोङको फिल्ममा निकै प्रशंसा भएको छ ।
एक्सन, ड्रामार कमेडी, रोमान्स विधाका यी चार फिल्मले एकसाथ कोरियाको इतिहास, वर्तमान र भविष्यकोप्रतिबिम्ब कोरेका छन् । दक्षिण कोरियाको हिजो, आज र भोलिलाई स्पष्टसँग जोड्ने यीफिल्मको छनोट उत्कृष्ट छ ।
यस्तो फेस्टिभल कोरियाली दूतावासले तीन वर्षयतागर्दै आएको छ । यस पालिको चाहिँ रूसी सांस्कृतिक केन्द्रमा शुक्रबारसम्म चल्नेछ ।यिनै चार फिल्म दोहोर्याइनेछन्।