काठमाडौं - पश्चिमाहरू संगीतको मौलिक र सिर्जनात्मकखानी पहिल्याउँदै भारतीय उपमहाद्वीपसम्म आउने ट्रेन्ड अब त्यति नौलो रहेन । केहीवर्षयता नर्वेली ब्लुज गितारबादक कुनुट रेयरस्रुड पनि संगीतको यस्तै मौलिक स्वादकोखोजीमा नेपाल धाइराखेका छन् ।
नेपाल म्युजिक सेन्टर र कन्सर्ट नर्वेलेसंयुक्तरूपमा आयोजना गरेको 'हिमालयन ब्लुज फेस्टिभल' को अवसर पारेर मंगलबारकाठमाडौं आइपुगेका 'मास्टर अफ स्टि्रङ' का नामले चिनिने कुनुट नेपाली संगीतकर्मीहरूधेरै भाग्यमानी रहेको अनुभव सुनाइरहेका थिए । 'यहाँका मान्छेहरू हामीभन्दा लोकसंगीतमा धेरै धनी र भाग्यमानी छन्,' उनले भने, 'पश्चिमा लोकसंगीत करिब-करिबहराइसकेको छ । तर नेपालका मौलिक र पारम्परिक लोकसंगीत अझै उत्तिकै जीवित छ।'
बहुआयामिक ब्लुज संगीतकर्मी कुनुटले उनको दुई दशक लामो संगीतयात्रामानर्वेको मात्र नभई अपि|mकी, इन्डियन, अमेरिकी लोकसंगीतमा पनि एकसाथ भिज्दै आएका छन्। अहिलेसम्म विश्वका विभिन्न ठाउँमा ५ हजारभन्दा बढी कन्सर्ट गरिसकेका कुनुटलेनेपाली लोक लय र संगीत यहाँको जीवनसँग गाँसिएर बसेको बताउँछन् ।
नयाँ ठाउँमापुगेर त्यहाँको लोकसंगीत सिक्ने र त्यसलाई आफ्नै मौलिक संगीतमा ढाल्ने स्कान्डेभियनप्रान्तको सबैभन्दा चर्चित गितारबादक कुनुटले बुधबार नेपाल संगीत विद्यालयमासंगीतका नेपाली विद्यार्थी र संगीतप्रेमीका माझ आफ्नो परख देखाएका थिए । 'नेपालीलोक गीतहरू एकदमै उदार, स्वतन्त्र र फैलाउन चाहेमा फैलाउन मिल्ने खालका हुन्छन् ।त्यस्तै ब्लुज पनि सरल भैकन आयाम फैलाउन सकिने हुन्छ,' भन्दै उनले कुनै पनिप्रकारका संगीतलाई कसरी ब्लुज शैलीमा ढाल्न सकिन्छ भनेर सिकाएका थिए।
गितारबाट मन्दिरमा झुन्डिएका घन्टीको आवाज निकाल्नेदेखि उनले उपस्थितसिकारुलाई ब्लुजका विभिन्न सांगीतिक नोट्स सिकाएका थिए । कार्यशाला बीचबीचमा आफ्नोम्युजिकको स्वाद चखाउँदै ब्लुज संगीतको इतिहास र संसारका विभिन्न ठाउँको ब्लुजबारेउनले बोलेका थिए । 'संगीत भनेको अनुभव गर्नु हो । त्यसैले म्युजिक सिर्जनागर्नेबेला धेरै सोच्नुहुन्न,' उनले सुनाए, 'नत्र संगीतको आत्मा मर्छ ।' भावनामाबगेर आफूले जे अनुभव गरिरहेको हुन्छ, त्यो संगीतमा उतार्नुपर्ने उनले सुझाए ।कुनुटले नेपाली संगीतकर्मीले अर्को देशको गायक/बादक जस्तो बन्न कोसिस गर्नुभन्दाआफ्नै देशको लोकधूनलाई अध्ययन गरेर, बुझेर र खोजेर आफ्नै मौलिक संगीत बनाउनुपर्नेसल्लाह पनि दिए ।
कुनुटका शब्दमा उनको प्रस्तुति ब्लुज भए पनि त्यसको 'प्याकेजिङ' बिटल्स परम्पराको पश्चिमी युरेपेली प्राचीन धून र भारतीय तथा अपि|mकनलोकसंगीतको समिश्रणमा नर्वेजीयन शैलीको हुनेगरेको छ । उनको संगीतले सम्मोहित भएकादर्शक कार्यशालामा उनलाई केही सोध्नुभन्दा बढी उनका औंलाहरूले 'स्टि्रङ' मा गरेकोजादु सुन्न र थाहै नपाई कर्ड फेरेको दृष्य हेर्न बढी लालायित देखिएका थिए । गीतारकोहरेक झंकारमा दर्शक/स्रोताका खुट्टाहरू पनि तालमय बनिरहेका थिए, ताली अनवरतहुन्थ्यो ।
दुई घन्टाको प्रशिक्षण कार्यक्रम सिद्धिएपछि कुनुटसँग फोटोखिचाएर खुसी हुँदै हल बाहिर निस्केका प्लस टुमा अध्यनरत २० वर्षे रवीन्द्रसुनुवारले पहिलोपटक यसरी गितार बजाएको देखेरै अचम्मित बनेको सुनाए । 'वाह, उनकोसंगीतमा जादु छ,' अन्डरग्राउन्ड ब्यान्ड 'द किलर एक्स' का गितारबादक समेत रहेकारवीन्द्रले हतारिँदै भने, 'उनीजस्तो विश्वका चर्चित गितारबादकलाई भेट्न र केही कुरासिक्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु ।'
योभन्दा पहिले २००३ मानेपाल आएको कुनुटले नेपाली शास्त्रीय संगीतको ब्यान्ड बज्रसँग मिलेर 'हिमालय ब्लुज' नामक सिडी निकालेका थिए । अहिले पनि उनको बज्रसँग समयमिलेमा रेकर्डिङगर्ने योजना छ । नेपाल संगीत विद्यालयसम्बद्ध र 'गिगी एन्ड द गिगा बाइट्स्' का रकरइमानविक्रम शाहले कुनुटबाट धेरै सिक्ने अवसर पाएको बताए । 'कुनुटजस्ता उत्कृष्टगिटारिस्टबाट सिक्न पाउनु संगीतकर्मीका लागि एउटा सुवर्ण अवसर हो भने श्रोताका लागिमनोरञ्जन अवसर,' उनले भने । कुनुटले बजाउँने कार्यक्रममा उनको ब्यान्डप्रस्तुतिसमेत छ ।
आगामी साता 'भुडु विथआउट किलिङ चिकेन' एल्बम निकाल्ननेपालबाट यही शनिबार कुनुट नर्वे फिर्नेछन् । बुधबारदेखि राजधानीमा सुरु भएको 'हिमालयन ब्लुज फेस्टिवल- २००९' आउँदो आइतबारसम्म चल्नेछ । कुनुटले आउँदो शुक्रबारकेशरमहलस्थित गार्डेन अफ डि्रम्जमा ब्लुजका नेपाली र विदेशी श्रोतालाई आफ्नोस्टि्रङ्ज परख सुनाउनेछन्।