--------------------------------------------------------------------------------------------
पहिलो पल्ट सिआरबिटीको रोयल्टी
स्मिता मगर
काठमाडौं, आश्विन २ - तपाईंका आफन्तले मोबाइलमा कस्तो कल रिङ ब्याक टोन -सिआरबिटी) राखे ? प्रत्येक पल्ट फोन गर्दा कुन गीत सुन्नुभयो ? गत चैतसम्मको एक वर्षमा उनन्चास हजारले चाहिँ रमण घिमिरेको तिम्रो यादमा कल्पी कल्पी गीत राखेछन् । यसबाट गीतकार घिमिरे खुसी नहुने कुरै भएन, गायिका ममता दीपविम र संगीतकार मदन दीपविम झन् किन बेखुसी हुन्थे?
तर यो खुसी साट्ने बेला भने रमण त्यति हषिर्त भएनन् । 'अझै भएन', उनले बेखुसीको कारण खोल्दै बिहीबार कान्तिपुरसित भने, 'गीत डाउनलोड गरेवापत नेपाल टेलिकमले १५ दिनको १२ रुपैयाँ लिन्छ, गीतकारले पच्चीस पैसामात्रै रोयल्टी पाउने ? स्रष्टालाई अझै घाटा छ ।'
अवसर कस्तो परेकोथियो भने बिहीबारै म्युजिक नेपालले आफ्नो कम्पनीबाट निकालेकामध्ये सबैभन्दा बढी डाउन लोड भएका गीतलाई रोयल्टी प्रदान गरेको थियो । त्यसमा रमणको गीत पहिलो नम्बरमाथियो । रोयल्टीवापत उनले १८ हजार रुपैयाँ पाएका थिए ।
संगीतकार र गायकलाई पनि दामासाहीले रोयल्टी बाँडिएको छ । 'सबैले इमानदार भएर दिए भने अब स्रष्टा मर्दैन तर यसरी हुँदैन', उनले भने, 'कम्तीमा राम्रो कामको सुरु भएको छ, स्रष्टाहरूका लागि यो ऐतिहासिक दिन हो ।'
यो ऐतिहासिक दिन किन थियो भने सिआरबिटीमा बजेका गीतकोरोयल्टी बिहीबार पहिलो पल्ट बाँडिएको थियो । म्युजिक नेपाल अन्य चार लोकपि्रय गीतमा मंगोलियन हार्टका राजु लामाको रचना स्वर र संगीतको पर्खाइमा, कालिप्रसाद रिजालको शब्द, शम्भुजीत बाँस्कोटाको संगीत र रमकृष्ण ढकालको स्वरको मन पराउने हजार भेटिन्छन्, एस्पी कोइरालाको शब्द, आलोक श्रीको संगीत र उदितनारायण झा र मल्लिका कार्कीको स्वर रहेको लाजको लाली तथा मिलन लामाको स्वर संगीत रहेको झल्को लाली ओठको गीत थिए।
सबै स्रष्टालाई यादव खरेल र कालिप्रसाद रिजालले रोयल्टी बाँडे ।समारोहमा गायक समाजका रामकृष्ण ढकालले भने,'आफंै लगानी गरेर एल्बम निकाल्नेहरूलेपनि रोयल्टी पाउनुपर्छ ।' ढकालको कुरासँग गीतकार खरेल पनि सहमत थिए,'वषार्ंैदेखि कलाकारमा भएको अन्यायको अन्त्यको सुरुवात भएको छ ।' प्रविधिको विकासले स्रष्टालाई गीत 'पाइरेसी' ले घाटा पारेको बेला यसले केही राहत दिएको म्युजिक नेपालका सन्तोष शर्माको धारणा थियो । 'क्यासेट र सिडीको बिक्री घटेको छ', शर्माले भने, 'बिक्री घटे पनि अब स्तरीय संगीत माथिको लगानी घाटामा जाँदैन ।'
स्रष्टाहरूले सबै म्युजिक कम्पनीले रोयल्टी दिनुपर्नेमा जोड दिए । अनि रमण केदुखी भइराख्थे । हसिलोमुख भएर बाहिर निस्के र भने, 'त्यसो भयो भने धेरै स्रष्टाको मुख हसिलो हुन्छ ।'
अब उनी पनि हाँसून् ।साभार:कान्तिपुर दैनिक
--------------------------
एकछिनमा लठ्ठिए
काठमाडौं, 'जिन्दगी यो उत्सव हो...' बाट जब कन्सर्ट सुरु भयो, दर्शकले उत्साहको ताली बजाए, यो क्रम अन्तिमसम्म जारी रह्यो ।
न्ह्यू बज्राचार्यले आफ्नो सांगीतिक यात्राको रजत जयन्ती मनाउन गरिएको कन्सर्ट 'एक छिन'हेर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा भरिएका दर्शकले उनका प्रख्यात गीतहरूबाट ती वर्षहरूको सम्झनामा डुब्दै उनीसँगै गाए, जुन वर्षहरू न्ह्यू सांगीतिक जीवनको संघर्षमा थिए ।
झन्डै पाँचसय गीत र २५ एल्बममा संगीत भरिसकेका न्ह्यू शनिबार साँझ किन पनि बेग्लै थिए भने उनी स्वयं स्टेजमा गाउँदै थिए । घरि उनका औँला गिटारको तारमा सल्बलाउँथे, घरि माइक्रो फोनमा । 'संगीतमा लाग्दा बिगि्रन्छ' भन्ने समयमा हुर्केर व्यावसायिक बन्न सफल उनी कुनै बेला माउथ हार्मोनियम झोलामा लुकाएर स्कुल जान्थे ।
साँझ रमाइलो हुँदै गयो । 'थाहै नपाई २५ वर्ष बितेर गएछन्' अझै तन्नेरी देखिने ४५ वर्षे न्ह्यूले ठट्टा गर्दै भने 'तर उमेर गएको जस्तो लागेकै छैन ।'
आफूलाई जवान ठान्ने यिनले अरुणा लामा, योगेश वैद्य, बच्चु कैलाशको पुस्तादेखि दीपक खरेल, सुक्मित गुरुङ हुँदै पछिल्लो छिमलका निमा रुम्बा, सत्य-स्वरुप, राज आचार्य, सिने गुरुङ गरी तीन पुस्तालाई संगीत बाँडिसकेका छन् । आफ्नै स्वरमा एकल एल्बम पनि ल्याएका छन् ।
आफ्नो रजत साँझमा उनले एकदर्जन गीत गाए । गीतसँगै पृष्ठभूमि भन्दै जान्थे । उनकै संगीतमा आनी छोइङ डोल्मा, निमा रुम्बा, सत्य-स्वरुप आचार्य, सिने गुरुङले पनि गाए । यिनीहरूको प्रस्तुति दर्शकको लागि 'टि्रट' नै सावित भयो । दर्शक आ-आफ्नो मनपरेका गायक-गायिकासँगै झुम्न थाले ।
'क्या बोर भयो...', 'ओराली लागेको...', 'मन दुख्यो रे उनको...' जस्ता प्रेमप्रसंग उनिएका गीत, 'ओम माने पेमे होम...', 'जय होस् तिम्रो...', 'फूलको आँखामा...', 'राम...राम...' जस्ता सामाजिक र अध्यात्मिक भावका गीत र 'भन्छु मै नै माया...' जस्ता राजनीतिक दललाई व्यंग्य हान्ने गीतमा दर्शक निरन्तर मन्त्रमुग्ध भए ।
आषाढ २८, २०६६
साभार: कान्तिपुर राष्ट्रिय दैनिक
Posted on: 2009-07-11 21:47:02
--------------------------------------------------
ज्याक्सनका फ्यान मर्माहत
काठमाडौं, माइकल ज्याक्सनको भिडियो हेर्न बार चढेर भृकुटीमण्डप छिर्ने गरेको बाल्यकालको झलझली याद गरिरहेका थिए, नेपाली माइकल ज्याक्सन भनी चिनिने धीरज राई । 'त्यतिबेला उनको थि्रलर एल्बमको गीतमा भूत बनेर नाचेको भिडियो लाग्थ्यो । १ रुपैयाँको टिकट किन्न बच्चै भएकाले पैसा हुँदैनथ्यो । त्यसैले बार नाघेर हेर्न जान्थें,' गायक धीरजले शुक्रबार सम्झे ।
नृत्य र संगीतको संगमले स्टेज प्रस्तुति गतिलो हुने विचार राख्ने यी गायक उनको यो स्टाइलमा ज्याक्सनकै प्रभाव रहेको बताउँछन् । किङ अफ पप ज्याक्सनको अचानक मृत्युको खबरबाट संसारका अरू फ्यानझैं मर्माहत भएका धीरजले संगीत जगतलाई ठूलो क्षति भएको बताए । 'माइकल ज्याक्सन मास्टरकप हुन् । नेपाली पप संगीत विकास गर्न उनको स्टाइलको जति प्रेरणात्मक भूमिका छ, त्यति नै उनको मृत्युले क्षति पुर्žयाउने छ,' उनले भने ।
धीरजझैं माइकलको अल्पायुमै मृत्यु भएको सुनेपछि दुःखित बनेकी अभया एन्ड स्टिम इन्जन्सकी अभयाले आफ्नै साथी बितेझैं लागेको बताइन् । 'हामीले एकदमै राम्रो इन्टरटेनर गुमाएका छौं,' उनले भनिन्, 'अब उनीजस्ता नृत्य, संगीत र गायनको त्रिवेणी हामीले संसारमा सायदै पाउने छौं ।'
उनको मृत्युको कारण संसारको कुनाकुनामा शोक मनाइराखेको टेलिभिजनमा हेरिरहेकी अभयालाई माइकलको मृत्युले उनको प्रत्यक्ष प्रस्तुति हेर्ने धोको पूरा गर्न दिएन । 'उनको लाइभ प्रफमेन्स हेर्ने मेरो ठूलो धोको थियो तर अब यो धोकोमा सीमित रहने भयो,' उनले भनिन् ।
यता,माइकलको मृत्युबाट दुःखी भएका फ्यानहरू उनका एल्बम किन्न शुक्रबार भीड लागेको म्युजिक पसल 'टिक एन्ड टक'का सुनिल रत्न तुलाधरले बताए । करिब ७५ करोड एल्बम बिक्री गरेर विश्वमै रेकर्ड बनाउने गायक हुन् उनी । नेपालमा पनि उनको एल्बमको बिक्री धेरै हुने गरेको थियो । 'आज पनि धेरै जना उनका एल्बम किन्न आए,' सुनिलले शुक्रबार भने । माइकलले सन् २००३ देखि एल्बम ननिकालेकाले नेपाली बजारमा उनका एल्बम बिक्री घटेको थियो । तर उनको मृत्युपछि फेरि बढेको छ। उनको 'थि्रलर'र 'डेन्जरस्' जस्ता एल्बम धेरै बिक्री हुनुका साथै भिडियोहरूको पनि धेरै माग बढेको सुनिलले बताए ।
उनको मुनवाल्क डान्स र गायन दुवैको फ्यान रहेका २८ वर्षे यानिक श्रेष्ठ माइकलको मृत्यु सुनेर भावविह्वल भएका छन् । उनको 'स्मुथ क्रिमिनल'बोलको गीत सबैभन्दा मन पराउने यानिकले भने, 'मेरो पुस्ता माइकलको गीत सुनेर हुर्केको हो, उनले संगीतको क्षेत्रमा पाएको उचाइले हामीलाई आफूले देखेको सपना पूरा गर्ने प्रेरणा दिन्छ ।'
साहित्यकार अभि सुवेदीले माइकलले संगीतबाट कुनै पनि अश्वेत नेताले भन्दा बढी उक्त समुदायको कलात्मक शक्ति र पहिचान विश्वमा पुर्žयाएको स्मरण गरे । 'उनले गीतहरूबाट वातावरण, प्रकृति र शान्तिको उद्घोष गरेका छन्,' उनले भने, 'त्यसैले उनको खाँचो संसारलाई धेरै थियो ।'
जम्मा ५० वर्ष
लोकपि्रय पप गायक ज्याक्सनको ५० वर्षको उमेरमा -जसमध्ये ४० वर्ष संगीतमा बिताए)हृदयाघातबाट अमेरिकाको लस एञ्जलसमा शुक्रबार निधन भएको हो । यसले उनका विश्वभरका प्रशंसकलाई मर्माहत बनाएको छ ।
माइकलले किशोर छँदै संगीतमा हात हालेका थिए । उनको पहिलो ब्यान्ड 'ज्याक्सन फाइभ' थियो जुन उनको स्वर र सुन्दरताका कारण छिट्टै चर्चामा आयो । उनको खास खुबीचाहिँ तन्नेरी अवस्थाको निर्दोषिता र परिपक्व बौद्धिकता थियो । किशोर अवस्थामै उनले 'आई वान्ट यु ब्याक,' 'द लभ यु सेभ' जस्ता प्रेम र क्षतिका गीत गाइसकेका थिए । उक्त समूहलाई सिङ्गल्समा नम्बर एकमा पुर्žयाउनुमा उनकै योगदान थियो ।
तर उनको करिअरको महत्त्वपूर्ण घटना किशोरावस्थापछि भयो । पहिलो एल्बम अफ द वाल ले उनको कुशलता सार्वजनिक गरिदियो । तर उनलाई चर्चामा पुर्žयाउने एल्बम थि्रलर थियो। माइकल यस्तो एल्बम निकाल्न चाहन्थे जसका हरेक गीत हिट होऊन् । उनले ठ्याक्कै सोचेजस्तो नभए पनि पप संगीतको क्लासिक एल्बम बन्न पुग्यो थि्रलर जसका हालसम्म १० करोड प्रति क्यासेट बिकेका छन् ।
ज्याक्सनका पछिल्ला एल्बमले थि्रलरको ठाउँ लिन नसके पनि उनी सदा छाइरहे । ज्याक्सनले सन् १९८८ मा आत्मकथा मुनवाक प्रकाशित गरे जसमा उनले आफ्नो बाल्यकाल, ज्याक्सन फाइभ र बाल्यकालमा भएको शोषणबारे खुलेर लेखेका छन् । सो पुस्तक बेस्ट सेलरसमेत भयो । सोही वर्ष उनले क्यालिफोर्नियमा नेभरल्यान्डर्žयाञ्च बनाए जसमा मुभी थिएटर,४० जनाको सुरक्षा दस्ता थिए जसले उनको उक्त ११ किमीको र्žयाञ्चलाई चर्चामा ल्यायो । सन् ११९१ मा उनले आठौं एल्बम डेन्जरस बजारमा ल्याए । त्यसको एक दशकसम्म उनले संगीतमा खासै केही गरेनन् -उनले अक्टोबर २००१ मा इन्भिन्सिबल रिलिज गरे) । सन् १९९३ मा उनले एल्भिस पि्रस्लेकी छोरी लिजा मेरी पि्रस्लेसित विवाह गरे -पछि उनले दोस्रो विवाहसमेत गरे) । तर उनलाई एकपछि अर्को बालबालिकाको यौन शोषण गरेको आरोप लाग्यो ।
आषाढ १३, २०६६
Posted on: 2009-06-26 21:23:18
-----------------------------------------------
Nepalese Musician and Folk Singer Ram Thapa is No More
Kathmandu, November 20, 2008- Veteran Nepalese musician and folk singer Ram Thapa, 50, breathed his last early today while under treatment in Nervic Hospital, Thapathali-Kathmandu, according to a close source.
Ram Bahadur Thapa Magar, widely known as Ram Thapa in the music sector, was suffering from liver problems for many years. Thapa is survived by his wife.
Tara Thapa, a singer and a close friend of deceased said she had met him four months ago when he was hospitalized in Everest Hospital as his jaundice worsened, damaging his liver and lungs.
Ram Thapa, whose great grandparents were originally from Gorkha, was born in Kamalpokhari, Kathmandu on 2nd Bhadra 2015 B.S.
He began his musical journey by joining “Bhairav Dance Group” in 2026 B.S as a dancer, musician and singer. He won public attention for his recording of “Hai hai … bankali mai” with Tara Thapa in 2031 B.S.
Singer and musician Ram Thapa was especially known for singing ‘jesting’ songs such as “Katar katarma…timro jwai aayo motorma”, “Relai ghumera baini ko gayo aadi umera…” while also being appreciated for his music in such popular songs as “Rhituharuma timi…” sung by Arun Thapa, “Thamera kina Chhodeu haatharu…” sung by Sunita Subba, “Juni junilaai, meri oonilai…” by Rabin Sharma.
Thapa sang and composed music for more than 300 songs and released 42 albums. His first album was “Ram Thapa ka Lokgeetharu”, released by Music Nepal in 2042 B.S. His latest album “Katar katarma” was released last year.
He was working at Radio Nepal as the Senior Music Officer in the music department. Thapa received many awards including ‘Chhinnalata Puraskar’ in 2059 B.S. and an award from Naraya Gopal Youth Music Trust in 2050 B.S.
He will be given his last farewell at Pashupati Aryaghat by his family, relatives and friends along with music fans at 12 o’clock this afternoon.
This program is likely to be hampered as there is Valley Bandh in Kathmandu. “I am desperately looking for a way to visit there and pay my final respect to him but due to this bandh I don’t know how I will be able to go there,” said mourning Tara Thapa.
-Smita Magar in Kathmandu
Published: UsNepalOnline.Com
----------------------------------
A Tribute to Musician and Singer Ram Thapa
Kathmandu, November 20, 2008- It was a gloomy day to start with. Then Thursday became a day of great loss for Nepali music lovers with the repeated news broadcast from local FM radio and television of the untimely death of prominent musician and singer Ram Thapa.
Paying tribute to his contribution in Nepali music field as musician and singer, Nepali media played his famous songs all day. ‘Rhituharuma timi…hariyali basanta hau’ by Arun Thapa, ‘Katar…Katarma; Timro suhaune jwai aayo motorma’ by himself with Tara Thapa, among many other famous songs.
Thapa passed away at four this morning while undergoing treatment for his liver problem in Nervic Hospital. He had entered hospital three days ago as his health had worsened.
Born the third son to Hasta Bahadur Thapa and Hira Kumari Thapa on Bhadra 2, 2015 in Kamalpokhari of Kathmandu, Ram Bahadur Thapa Magar had started his musical journey with the hit song “Hai…Hai Bankali Mai…” with Tara Thapa. It was recorded on Radio Nepal in 2031 B.S.
“Before he was a dancer in ‘Bhairav Nirtya Dal’ where I used to sing so I knew him from there,” famous singer Tara Thapa remembered.
Ram Thapa joined ‘Bhairav Nirtya Dal’ in 2026 as a dancer. Later he played musical instruments and started singing as well.
A lover of music, Thapa is especially famous for his ‘jesting’ songs while he is equally loved and appreciated for folk and modern songs. He is well known as a singer, compiler of folk songs and musician of modern songs. He had sung on more than 300 songs and composed the music for more than.
Totally committed to music, he completed his B. Mus. in scriptural music. He had worked as the Guitar player on Radio Nepal since 2033, as a radio disc jockey from 2038 to 2054 and presented a program of folk songs ‘Aanchalik Suskera’ on Radio Nepal for about 2 years from 2047 which was enjoyed by a nation-wide audience.
“Rhituharuma Timi…Hariyali Basanta hau…” sung by Arun Thapa Magar for which Ram Thapa composed the music, ranked 7th among ‘10 Best Songs of the South Asia’ in the survey done by BBC World Service on the occasion of it’s 70th Anniversary in 2003.
A serious but jolly person with kind heart and friendly nature, Ram Thapa was loved by his friends and colleagues. “He was a kind of person who never says or thinks anything wrong about another; the best kind of human being,” recalls Tara Thapa who sang many songs with him.
Pradeep Bomjan, Board Director of Radio Nepal says Ram Thapa’s untimely death has caused a great loss and damage to the field of music. “With his unusual talent he was keeping Nepali folk music and culture alive, but now we have lost him, and that has brought great loss to our folk music and culture,” Bomjan remorse.
“He belongs to Janajati and we feel proud of that, but more than that he was the personality of our nation so our nation should be proud of him and we should have done something during his life to show gratitude for his contribution. But, as usual, he was never given enough honour and respect by his country, a very painful reality in the lives of Nepalese musicians and singers,” added Bomjan who is also a very famous singer.
Thapa’s last rites took place in Pashupati Aryaghat in the afternoon surrounded by his relatives and many music lovers.
Many prominent singers and musicians were also present for the funeral ceremony. They came to pay their final respects to their colleague.
Related notes on Ram Thapa:
He is famous for publishing books the first books on playing guitar in Nepal. He published a total of 10 books on the subject, among them:
1. Guitar Chords Anthology (Guitar Guide), Part – 1, 2, 3 and 42. Song and Chords Anthology, Part- 1, 2 and 3 3. New Guitar Guide4. Pop song and Chords Anthology5. Staff Notation Gyan Prizes and Medals:1. Nationwide Folk Song Competition in 2036: Second Position2. Nationwide Modern Song Competition in 2040: First Prize3. Nationwide Modern Song Competition in 2043: First Prize4. Narayan Gopal Youth Music Puraskar, (shared with Tara Thapa) in 2050 B.S5. Shri 5 Birandra Gaddi Aarohan Rajat Padak, 20536. Shri 5 Birendra Aishworya Sewa Padak 20587. Chhinnalata Puraskar 2059 B.SHe received a letter of appreciation from the late King Birendra Bikram Shah for teaching music to the late Prince Dipendra (2044). He was felicitated by Gorkha Victoria Cross Reception Committee (2050), Rastriya Gaurab Yuva Samman (2054), Nai Kala Nidhi Yuva Samman (2056), Nepal Deshbhakta Kalakar Sangh Samman (2056), and Arun Memorial Music Award of 2065.
Ram Thapa has 42 albums to his credit, some of them are given below:Dohori and Folk song’s albums:1. Ram Thapa ka Lok Geet, Part -1 and 22. Sero phero Salaam chha Mero (Dohori)3. Arya Bhanjyang (Dohori)4. Lok Suseli5. Chautari ma Bar6. Chha Macchi Jalaima7. Khola paari Bajyo Murali8. Majhi ra Machhi (Dohari)9. Sali Bhena (Dohari)10. Kina Lajaki?11. Pothi Banseko12. Laali Rangle13. Chaubandi Kalle Siyeko14. Milau Dahine HaatModern Songs’ albums:1. Ram Thapaka Sangeetka Aadhunik Geetharu, Part – 1 and 22. Maun Prem3. Yek Mutu Anek Dhukdhuki4. Sargam Saugat5. Aaja BholiJesting (Hasya Byenga) Songs Albums:1. Sandheko Judhai Bachchhako Michai2. Khichatani 3. Sriman Shrimati4. Mattitelko Kyu5. Dhatterika6. Gai Jattrai Gai Jattra7. Nepal Bandh8. Nepalai Nepal9. Bina Junge Sher10. Gau Gaubata Utha11. Katar katarmaVideo:1. Juni Junilaai2. Ghayel PremFilms/Movies:1. Baadal2. Gham Chhaya3. Aakha Lobhi Mann PaapiCD albums:
1. Hit Creation of Ram Thapa (Modern)2. Thok na Maadal Thok (Folk)-Smita Magar in Kathmandu
--------------------------------
BBC’s 10 Best Songs of the World-“Rhituharuma Timi..”by Arun Thapa MagarRemembering Him and the Music Award that established in His Name
Kathmandu, July 21, 2008- This year’s Arun Memorial Music Award was given to renowned musician and folk singer Ram Thapa Magar on Sunday to mark the 9th Memorial Day anniversary of the late famous singer Arun Thapa Magar.
The award is given annually to veteran Magar artists on Arun Memorial Day by Nepal Magar Students Association (NMSA) to appreciate their contribution in the music field.Receiving the award, singer/musician Ram Thapa said, “Felicitation is never small or big, the only thing it needs is a big heart.”
Remembering Arun Thapa, he said, “We worked together and shared our happiness and sadness through our music. He was a wonderful man with heart-piercing voice.”
“It is very painful not to find him beside me. Even more, the most painful moment for me was when I could not share the happiness with him when our song “Rhituharuma Timi…” reached the 7th position among ‘10 Best Songs of the World’ in the survey done by BBC World Service on the occasion of it’s 70th Anniversary in 2003,”he said with sadness in his voice.
Born in Kamal Pokhari, Kathmandu in 2nd Bhadra 2015 B.S. singer and musician Ram Thapa is especially famous for singing ‘jesting’ songs such as “Katar katarma…timro jwai aayo motorma”, “Relai ghumera baini ko gayo aadi umera…”. He is also appreciated for his music in very famous songs such as, “Rhituharuma timi…” sung by Arun Thapa, “Thamera kina Chhodeu haatharu…” sung by Sunita Subba, “Juni junilaai, meri oonilai…” by Rabin Sharma and many other songs.
Ram Thapa began his musical journey by joining “Bhairav Dance Group” in 2026 B.S as a dancer, instrumentalist and singer. He was noticed after recording his song “Hai hai…bankali mai” with singer Tara Thapa Magar in 2031 B.S.
Until now, he has performed and composed music for more than 300 songs and has already released 42 albums to his credit. His first album was “Ram Thapa ka Lokgeetharu” which was released by Music Nepal in 2042 B.S. His latest album, “Katar katarma”, was released last year.
Singer/musician Thapa is the Senior Music Officer at Radio Nepal, once Nepal’s only electronic media for the Himalayan nation which is run by an independent body of the government of Nepal.
Thapa has received many awards including ‘Chhinnalata Puraskar’ in 2059 B.S. and an award from Naraya Gopal Youth Music Trust in 2050 B.S. But the harsh reality is that until today, this veteran singer/musician has never been honoured or appreciated by the Nepalese government for his great contributions to the field of music.
After felicitating Ram Thapa, singer Tara Thapa expressed her happiness at being able to present the award to a brilliant artist. She said, “I congratulate him and hope that he will keep on producing his beautiful music for all of us to listen.”
The film director Kishor Rana Magar expressed his hope to work again with Ram Thapa in near future. Ram Thapa composed music for Rana’s hit movie “Gham Chhaya”.
Rana also remembered Arun Thapa this way: “Arun had that special quality in his voice that attracted everyone and made them feel his pain and suffering through his music.”He further added, “When I met him, we talked about working together but he left us soon so my dream of working with him remained unfulfilled.”
On the 9th Arun Memorial Day, artists from Nepal Magar Cultural Association sang famous songs of Arun Thapa Magar to pay tribute to him.
Arun Thapa Magar who is well remembered for his sad and painful songs was born in 2009 B.S in Nepali Consul Embassy in Kolkota, India. He was talented and gifted with intense heart-touching voice. So his unique voice which spoke of pain and suffering became famous even after singing only few songs.
He is appreciated for his song “Rhituharuma timi…” nationally and internationally. Apart from this he is also very much liked for evergreen songs such as “chot ke ho, byetha ke ho”, “bhulu bhulu lagyo malai”, “jati maya laye pani”, “karodau mutuharu ko yeutai dhukdhuki Nepala”. Including these songs he sang 46 songs in Nepali, Magar and Hindi language.
Two albums namely ‘Arun’ and ‘The Best of Arun” have been released.
He died untimely on 4th Shrawan 2056 B.S after suffering many chronic illnesses. He was just 46 years of age.
The award was established in 2060 B.S. after the fund-raising cultural program “Late Arun Thapa Cultural Night” organized in his memory with the fund of Rs.50,000. The award has an appreciation letter and the cash Rs.5,000.
According to Jhakendra Gharti Magar, former NMSA president; during whose presidency the award was established said “The award was established to pay respect to Arun Thapa, and to appreciate and promote Magar artists who are fully involved in music sector.”
Before Ram Thapa, the famous lyricist Shiva Sankar Thapa Magar in 2061 B.S, singer Tara Thapa Magar in 2062 B.S, singer B.K. Rana Magar in 2063 B.S. and singer/actress Kabita Ale Magar in 2064 B.S. were honoured with this award.
At this event, “Laanghau Jhamrya”- an album in Magar language was released. The album contains 3 different types of songs: kauda, shalaiju and jhamre (also known as jhyaure) which are sung by Magar folk singers.
Song writer and compiler of “Laanghau Jhamrya”, Bhim Bahadur Rana said the album was released in an attempt to promote and preserve Magar culture, songs and language. Appreciating the Bhim Rana’s effort, Constituent Assembly (CA) Member Dalbahadur Rana said, “We need to promote and preserve songs in Magar language and as the country has moved for a federal system, when we have our Magarat Autonomous State we should be able to play songs of our language that speak of our culture and history.”
He also promised that he will do everything in his power to raise the capital amount (fund) of the Arun Memorial Trust and do more to promote Magar artists and Magar language.NMSA president Bhoj Bikram Budha Magar paying tribute to Arun Thapa Magar said, “Though Arun Thapa is no more with us physically, he will be forever with us through his beautiful songs and music.”
He further said that NMSA will keep on promoting and preserving Magar culture and language while equally fighting for social transformation and Magar identity.On the occasion, other prominent personalities from Magar community such as singer/actress Kabita Ale, General Secretary of Nepal Magar Association Basanta Gharti Magar, Lawyer Gaubahadur Ale, CA member Ram Bahadur Thapa and others also congratulated Ram Thapa and appreciated Bhim Bahadur Rana for his efforts to promote Magar language and culture.
सर्वाधिकार: स्मिता मगर