हार्दिक स्वागत छ तपाईंलाई, मेरो वेव साइटमा !

जीवनको यो यात्रामा आज म जहाँ उभिएर तपाईंलाई स्वागत गरिरहेको छु, यहाँसम्म आइपुग्नमा मैले मेरो परिवारको साथसाथै मेरा श्रद्धेय गुरूहरू, सहपाठी,सहयात्री र आम मानिसहरूबाट जीवनका विभिन्न मोड अनि घुम्तीहरूमा साथ पाएको छु। मलाई थाहा छ, जानु अझै धेरै टाढा छ...।त्यसैले, यो मेरो वेव साइट त्यो बिसौनी हो, र बन्ने छ जहाँ यात्राक्रममा भोगिएका, र भोगिने अनुभूतिहरूलाई तपाईंहरू समक्ष म राख्दै जानेछु । तपाईंहरूको सुझाव, सल्लाह र समालोचनात्मक प्रतिक्रियाको म सधैँ अपेक्षा राख्दछु ।

स्मिता मगर 

झुम्लावाङ्ग, रूकुम, हाल काठमाण्डौमा

CURRENT TIME IN NEPAL

सर्वाधिकार: स्मिता मगर © Smita Magar. All rights reserved.

  Site Map